
काठमाडौँ। वाग्मती प्रदेशका क्रियाशील पत्रकारका लागि यही साउन २२ गतेदेखि सुरु गरिएको आचारसंहितासम्बन्धी तीनदिने तालिम आइतबार सम्पन्न भएको छ । तुलसादेवी हरिहर फाउन्डेसनले आयोजना गरेको सो तालिममा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका सबै जिल्लाका २४ क्रियाशील पत्रकारको सहभागिता थियो ।
तालिममा वरिष्ठ पत्रकार प्राध्यापक रामाकृष्ण रेग्मी, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षद्वय डा सुरेश आचार्य र धर्मेन्द्र झा, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, राष्ट्रिय समाचार समितिका प्रधानसम्पादक एकराज पाठक, प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल र पत्रकार डिल्लीरमण सुवेदीले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षकले पत्रकार आचारसंहिता विश्व परिवेश र नेपाल सन्दर्भ, आचारसंहिता नियमनमा प्रेस काउन्सिलको भूमिका, छापा सञ्चारमाध्यम, रेडियो, टेलिभिजन तथा अनलाइन मिडियामा आचारसंहिताको पालनासम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो । विभिन्न सञ्चारमाध्यममा कार्यरत क्रियाशील सहभागी पत्रकारले सो तालिम उपलब्धिमूलक भएको बताएका थियो।
तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै वरिष्ठ पत्रकार प्राध्यापक रेग्मीले अहिलेको इन्टरनेटको युगमा आचारसंहिताको बहस कठिन विषय भएको बताए । उनले कागजको पानामा मात्र सीमित नभएर मोबाइलको स्क्रिनमा सूचना प्रवाह भइरहेको यो आधुनिक युगमा पत्रकारले मात्र नभएर सञ्चारकर्मीले पनि आचारसंहिता पालना गर्नुपर्छ भने। अहिले सन्देश दिने र लिने को हुन् भनेर छुट्याउनै कठिन अवस्था आएको भन्दै उनले त्यसैले पनि पत्रकारको आचारसहिंता अहिले झन बढी सान्दर्भिक भएको धारणा राखे।
तालिम कार्यक्रमको समापनमा फाउन्डेसनका अध्यक्ष सरु सुवेदीले प्रशिक्षक, प्रशिक्षार्थी र सहयोगी संस्थालाई धन्यवाद दिँदै यस कार्यक्रमबाट आफूले पनि पत्रकारिताको आचारसंहिताको कति धेरै महत्व रहेछ भन्ने कुरा बुझ्ने अवसर पाएको बताए।
यसअघि सो संस्थाले प्रदेश नं १ का पत्रकारलाई विराटनगरमा र २ को जनकपुरमा यही तालिम सम्पन्न गरिसकेको छ । त्यसैगरी गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पत्रकारका लागि भने भर्चुअल विधिबाट तालिम सम्पन्न भएको सो फाउन्डेशनले जनाएको छ ।
–रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार