
काठमाडौं । सोसल मिडिया प्लाटफर्म इन्स्टाग्रामले १६ वर्षमुनिका प्रयोगकर्ताका नयाँ एकाउन्टलाई स्वतः प्राइभेट बनाइदिएको छ । जसअनुसार अब स्विकृत फलोअर्सले मात्र त्यस्ता प्रयोगकर्ताले इन्स्टाग्राममा गर्ने पोस्ट हेर्न तथा लाइक र कमेन्ट गर्न सक्नेछन् ।
कम उमेरका प्रयोगकर्ताका एकाउन्टलाई प्राइभेट बाइ डिफल्ट बनाउने परीक्षणका क्रममा २० प्रतिशत प्रयोगकर्ताले मात्र आफ्नो एकाउन्टलाई पब्लिक गराउन चाहेको पाइएको इन्स्टाग्रामले जनाएको छ ।
इन्स्टाग्राममा नयाँ एकाउन्ट खोल्ने १६ वर्ष मुनिका प्रयोगकर्ताको एकाउन्ट मात्र हालका लागि स्वतः प्राइभेट हुनेछ । पूराना कम उमेरका प्रयोगकर्तालाई चाँहि एकाउन्ट प्राइभेट गर्दाका फाइदाहरु समेटिएको एक सन्देश पठाइनेछ ।
१३ वर्ष मुनिका प्रयोगकर्तालाई लक्षित गर्दै नयाँ एप नै ल्याउन लागिएको इन्स्टाग्रामले जनाएको छ ।
फेसबुकले भनेको छ, ‘यथार्थ के हो भने यो उमेरका बच्चाबच्चीहरु पनि अनलाइनमा आइसकेका छन् । मानिसहरुलाई आफ्नो उमेर ढाँटेर सोसल मिडियामा छिर्ने कुरालाई पूर्ण रुपमा रोक्न सम्भव छैन । हामी तिनै प्रयोगकर्ताका अभिभावक तथा बुवाआमाहरुले व्यवस्थापन गर्ने गरी नयाँ एप डिजाइन गर्दैछौँ ।’
यद्यपि इन्स्टाग्रामले उमेर ढाँटेका कम उमेरका प्रयोगकर्ताको एकाउन्ट हटाउनका लागि आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको विकास गरिरहेको बताएको थियो ।
बीबीसी













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार