
काठमाडौं । आइतबार अफगानिस्तानको राजधानी सहर काबुललाई तालिबानले आफ्नो कब्जामा लियो ।
मुलुकका अधिकांश स्थानलाई आफ्नो कब्जामा लिइसकेको तालिबानले काबुल पनि कब्जामा लिएपछि आत्तिएका धेरै मानिस छिटो भन्दा छिटो अफगानिस्तान छाड्न चाहिरहेका छन् । त्यसको झल्को सोमबार हामिद कारजाई विमानस्थलमा देखिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार हजारौं अफगानी नागरिक मुलुक छाड्नको लागि विमानस्थल पुगेका छन् । यद्यपि सोमबार अमेरिकी सेनाले विमानस्थललाई नियन्त्रणमा लिँदै सबै व्यवसायिक उडान रद्द गरेको छ । अहिले हामिद कारजाई विमानस्थलबाट केवल सैन्य उडान मात्र भइरहेको छ ।
सामाजिक सञ्जाल ट्वीटरमा शेयर गरिएको भिडियोमा ठूलो संख्यामा मानिसहरु विमानस्थलमा भेला भएको देख्न सकिन्छ । मानिसहरु विमानतर्फ दौडिरहेको देखिन्छ । यहाँ न कुनै नियम छ न कुनै कार्यान्वयन गराउने निकाय देखिन्छ, केवल मानिसहरु मात्र एकोहोरो दौडिरहेका छन् ।
यतिमात्र होइन, मानिसहरु उड्न लागेको विमानमा पनि झुण्डिरहेका छन् । त्यस्तै उड्नको लागि रनवेमा गुडिरहेको विमानलाई पनि मानिसहरुले घेरिरहेका छन् ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार