
नेपलागञ्ज । लकडाउन लम्बिँदै जाँदा नेपालगञ्जमा व्यापारीले अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी मनपरि मूल्य लिने गरेको पाइएको छ । न्यूरोड, त्रिभुवनचोक, सुर्खेतरोड, अस्पताल क्षेत्र, गणेशमान चोकमा रहेका विशेषतः खाद्य वस्तुका पसलले सामानको कृत्रिम अभाव देखाएर बढी मूल्य लिने गरेको उपभोक्ताहरु बताउँछन् । बढी मूल्य लिएको गुनासो गर्ने उपभोक्तालाई सामान नदिएर खाली हात फर्काउने गरेको नेपालगञ्ज–१३ लक्ष्मण केसीले बताए। उनका अनुसार लकडाउनअघिसम्म डेरीबाट एक हजार लिटरमा पाउँदै आएको घ्यूलाई प्रतिलिटर अहिले एक हजार ६० मा बिक्री गर्ने गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकिारी शिवराम गेलालले उपभोक्ताका गुनासा आफूले पनि सुन्ने गरेको जनाउँदै कृत्रिम अभाव सिर्जना गरी मनपरि मूल्य लिने पसलको अनुगमन गरी कारबाहीका दायरामा ल्याउने बताए। लकडाउन अघि बजार अनुगमन गर्दै आएको नेपालगञ्ज उपमहानगरपालिका, वणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको भूमिका प्रभावकारी नभएपछि व्यापारीले कृत्रिम अभाव र मनपरि मूल्य लिने गरेका उपभोक्ताको गुनसो गर्दछन् ।
यी दुवै निकायका पदाधिकारीले बजार अनुगमन गरिरहेको जनाएका छन् । उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद पौडेल र उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले अनुगमन गरिरहेको जानकारी दिए ।
निमित्त प्रमुख पौडेलको सुझाव छ, “उपभोक्ताले व्यापारीसँग आफूले खरिद गरेको वस्तुको बील माग गरेको खण्डमा त्यसका आधारमा कारवाही गर्न सहज हुनेछ ।” जिल्लामा पछिल्लो समय बजारलाई खुकुलो पार्दै निषेधाज्ञा कायमै राखिएको छ । जिप्रकाले स्वास्थ्य मापदण्डको पालना गरी पसल खोल्न दिने निर्णय गरेको छ । जिल्ला अहिले कोरोना महामारीको ‘एलो जोन’ मा परेको छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार