
जिल्ला प्रशासन कार्यालय काठमाडौंले नारायणहिटी दरबार क्षेत्रमा पनि निषेधाज्ञा तोकेको छ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौंको नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा शनिबार (जेठ १७) देखि आगामी असार २४ गतेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन्।
केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म तथा महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटसम्म विरोधका कार्यक्रम गर्न नपाइने भएको हो।
नारायणहिटी दरबार क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ।
यसअघि राष्ट्रपति र उपराष्ट्रपतिको भवन अगाडी, बानेश्वरस्थित संसद भवन क्षेत्र, भद्रकाली, सिंहदरबार लगायत क्षेत्र निषेधाज्ञा तोकिएको थियो।
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार
घट्यो सुनचाँदीको मूल्य, यस्तो छ आजको बजार भाउ