
काठमाडौं । अफगानिस्तानलाई आफ्नो कब्जामा लिएको तीन सातापछि तालिबानले सरकार गठनको घोषणा गरेको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबानले अफगानिस्तानमा सरकार बनाएको घोषणा गरेका हुन् ।
मुजाहिदका अनुसार तालिबानको सरकारको नेतृत्व मुल्लाह मोहम्मद हसन अखुन्दले गर्नेछन् । डेपुटी लिडरको रुपमा मुल्लाह अब्दुल घानी बरादर रहनेछन् । त्यस्तै अन्य महत्वपूर्ण पदमा रक्षामन्त्री मुल्लाह याकुब हुनेछन् भने मुल्लाह अब्दुल सलाम सेकेण्ड डेपुटीको रुपमा रहनेछन् ।
त्यस्तै गृहमन्त्रीमा सराजुद्दिन हक्कानी रहेका छन् । उनी हक्कानी नेटवर्क नामक चरमपन्थी संगठनको प्रमुख पनि हुन् । उनी अमेरिकाको एफबीआईको वान्टेडको सूचीमा छन् । अमेरिकाले हक्कानी नेटवर्कलाई पनि आतंकवादी संगठन मान्दै आएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार