रामपुर । पाल्पाको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेला लागेको छ । जिल्लाको तिनाउ गाउँपालिका–४, सत्यवतीमा रहेको सत्यवती बज्यैको मन्दिरमा चिच्याएर वर माग्ने धार्मिक परम्परा छ ।
सत्यवती बज्यैले कानले नसुन्ने भएपछि चिच्याएर वर माग्ने गरिएको समितिका अध्यक्ष सुनवीर गाहाले जानकारी दिए । सत्यवतीदेवी कानले नसुन्ने धार्मिक विश्वासका कारण रातमै चिच्चाएर वर माग्ने चलन छ । रातका समयमा हजारौँले एकै पटक चिच्याएर वर माग्दा जङ्गलको सुनसान रात गुञ्ज्यमान हुने गर्दछ ।
बुधबारदेखि सो तीनदिने मेला सुरुआत भएको हो । यस मन्दिरकी देवी अर्थात् बज्यैलाई पूजा गरेपछि टीका, चुरा र साडी चोलीसमेत चढाउने चलन छ । परेवा र बाख्राको बलि दिने पनि गरिन्छ । यहाँको मन्दिरमा रातको समय चिच्याएर वर माग्दा पूरा हुने धार्मिक विश्वासका साथ अहिले मन्दिर क्षेत्रमा वर माग्नेको चहलपहल बढेको छ । रातको समय सत्यवती तालमा लिङ्गो गाडेर बिहान सोही लिङ्गो चिनेर पूजा गर्ने चलन छ ।
पहाडको टुप्पोमा मन्दिर र तालसमेत रहेको छ । ताल परिक्रमा गरी मन्दिरमा पूजा गर्दै आउने चलन छ । प्रत्येक वर्ष कात्तिक शुल्क त्रयोदशीदेखि पूर्णिमासम्म सत्यवती तालमा धार्मिक मेला लाग्ने गर्दछ । मेला अवलोकन गर्नका लागि पाल्पा, गुल्मी, रुपन्देही, नवलपरासी, कपिलवस्तु र भारतबाट समेत श्रद्धालुभक्तजनहरु भित्रिन्छन् । पाल्पा बुटवल सडक खण्डको चौबीस माइल र बुटवल क्षेत्रबाट आउनेले झुम्साबाट मन्दिर क्षेत्र जान सकिन्छ । करिब दुईदेखि तीन घण्टा उकालो हिँडेपछि सत्यवती मन्दिरमा पुगिन्छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार