
डडेल्धुरा । कृषि तथा पशुपालनका लागि आवश्यक प्रविधि पाएपछि आलिताल गाउँपालिकाका किसान खुशी भएका छन्। भित्री मधेश क्षेत्रमा रहेको गाउँपालिकामा व्यावसायिक कृषिमा क्रियाशील रहेका किसानलाई कृषि औजार तथा प्रविधि हस्तान्तरण गरिएको छ ।
आलितालका गाईपालन गर्ने ७५ परिवार, स्थानीय कुखुरापालन गर्ने १०० परिवार, बङ्गुरपालन गर्ने २५ परिवार, बाख्रापालन गर्ने ३० परिवार, आलुखेती गर्ने १०० परिवार, बेमौसमी तरकारी उत्पादन गर्ने ५० परिवार र बहुउद्देश्यीय नर्सरीका १० गरी ३९० परिवारलाई समूहगतरुपमा कृषि औजार तथा प्रविधि हस्तान्तरण गरिएको छ ।
गाउँपालिका र युएनडिपीको सहयोगमा सामाजिक वातावरण तथा उद्यम विकास समाज नेपाल (सिड्स नेपाल) को सहजीकरणमा किसानलाई प्रविधि हस्तान्तरण गरिएको हो। गाउँपालिका उपाध्यक्ष जलाकुमारी विष्टद्वारा कृषकलाई दुग्ध व्यवसायका लागि डि फ्रिज, मिल्क एनालाइजर, घाँस काट्ने मेसिन, कोदो र गहुँ फल्ने मेसिन, थ्रेसर, धान काट्ने र गोडने मेसिन, मकै छोडाउने मेसिन, ह्याचरी मेसिनलगायतका करिब रु ७५ लाख बराबरको प्रविधि हस्तान्तरण गरिएको जनाइएको छ ।
कोभिड प्रभावित कृषकलाई सहज कृषि तथा पशुपालन, उत्पादन वृद्धि र व्यावसायिकताका लागि मागका आधारमा आवश्यक कृषि औजार तथा उपकरण उपलब्ध गराइएको हो। दिगो आयआर्जजका लागि प्रविधिले महत्वपूर्ण टेवा पुगाउने युएनडिपीका सुदूरपश्चिम प्रमुख वैजन्ती गिरी सिंंहले बताए ।
महामारीबाट प्रभावित युवा, एकल महिला दलित जनजातिलगायत समुदायका विपन्न परिवारलाई कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउने र आर्थिक उपार्जनको दिगो माध्यमका उपकरण हस्तान्तरण गरिएका हुन्। उपकरण पाएपछि स्थानीय कृषक उत्साहित भएको आलिताल–७ चाइबान्नीगडाका अगुवा कृषक गणेश महराले बताए ।
धान काट्ने चुट्ने, गाईबस्तुका लागि घाँस काट्ने मेसिन औजार तथा प्रविधि पाएपछि आफूहरुको दैनिकी पनि सहज र समयको बचतसँगै आम्दानीका लागि पनि उत्साहजनक रहेको कृषक पार्वती विष्टले बताए। यति ठूलो रकम बराबरको यान्त्रिक सहयोग निरन्तर प्रयोगमा आउनुपर्ने र आम्दानीका स्रोतलाई पारिवारिक जीवनमा सफल देखिनुपर्ने तथा अझै व्यावसायिक बनाउन कृषक थप क्रियाशील रहनुपर्ने वडा नंं ५ का वडाध्यक्ष प्रकाश बोहराले बताए ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार