२२ पुस, काठमाडौं । मन्त्रिपरिषद बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने र त्यसका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्ने निर्णय गरेको छ ।
१७ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उदघाटन गरेका थिए ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पोखरा विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय भएको जानकारी दिए । उनले त्यसका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्ने निर्णय भएको पनि जानकारी दिए ।
बैठकले कम्बोडियाको एक क्यासिनोमा आगलागीमा परी मृत्यु भएका झापाका निराकार पाण्डेको शव ल्याउन र शव ल्याउनका लागि आर्थिक प्रवन्ध गर्ने निर्णय गरेको जानकारी पनि मन्त्री पौडेलले दिए ।
यसैगरी स्थानीय तह निर्वाचनको क्रममा बाजुरामा मृत्यु भएका दुई जनाको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णयसमेत मन्त्रिपरिषद बैठकले गरेको छ ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार