
जाजरकोट । यहाँका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् ।जिल्लाका सातवटा स्थानीय तहका किसानका खेतबारी सिँचाइ सुविधाको अभावमा वर्षायाममा मात्र खेती हुने गरेको छ । सिँचाइ सुविधा नभएका कारण यहाँका किसान आकाशे पानीको भरमा वर्षायाममा मात्र खेती गर्दै आएका हुन् ।
भिरालो जमीनमा ओसिलो पन नहुँदा सबै लगाएको अन्नबाली सुक्ने भन्दै हिउँदे याममा आफ्नो खेतबारी बाँझै रहने गरेको नलगाड नगरपालिका– ८ का हरिबहादुर खत्रीले बताए ।
केहीले व्यक्तिगत रुपमा पाइप खरिद गरी सिँचाइ गरेपनि अधिकांश किसानका खेतबारी सिँचाइविहीन अवस्थामा रहेको भेरी नगरपालिका–१ का कालीबहादुर पुनले बताए ।
“अर्काको पाइप ल्याएर सिँचाइ गर्दा रु एक हजार तिर्नुपर्ने हुन्छ,” उनले भने । आकाशे पानीको भरमा खेती गर्दा बीउ नै नउम्रिने र हिउँदे याममा जमीन खाली नै राख्ने गरेको पुनको भनाइ छ ।
सिँचाइ सुविधा भएका ठाउँमा किसानले बर्खेबाली र हिउँदेबालीका साथै बेमौसमी तरकारीबाली समेत लगाउने गरेको कुशेगाउँपालिका–५ का अमिक थापाले बताए । जमीन पर्याप्त भए पनि सिँचाइको अभावमा बाँझै राख्नुपर्ने बाध्यता छ ।“आकाशे पानीको भरमा लगाउँदा वर्षेनी बीउ नै नउठ्ने भएपछि े हिउँदे याममा जमीन खाली राख्ने गरेको छु,”उनले भने।
जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा १६ हजार ६९८ हेक्टर जमीनमा खेती गरिन्छ । हिउँदयाममा दुई हजार ९४९ हेक्टर जमीनमा सिँचाइ सुविधा पुग्छ । वर्षा याममा चार हजार ९९० हेक्टरमा मात्र सिँचाइ सुविधा पुग्ने गर्छ । दश हजार ४३२ हेक्टर जमीनमा गहुँखेती गरिन्छ भने ७०० हेक्टर जमीनमा जौँखेती गरिँदै आएको छ ।
– रासस












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार