
बागलुङ । पार्टी केन्द्रले तोकेको कार्यतालिकाअनुसार शुक्रबार नेपाली कांग्रेसको वडा अधिवेशन हुनुपर्नेमा त्यहाँ भने केहीदिन पछिलाई धकेलिएको छ । यही भदौ २१ गते सोमबार जिल्लाका ८५ वटै वडामा एकसाथ अधिवेशन गर्ने निर्णय गरिएको कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापाले जानकारी दिए । वडाको सरे पनि अरु तहको अधिवेशन भने कार्यतालिका बमोजिम नै हुने उनको भनाइ छ । क्रियाशील सदस्यता ढिलो प्रकाशन भएको र केन्द्रीय प्रतिनिधि पनि बुधबार मात्रै जिल्लामा आएकाले अधिवेशनको तयारी नपुग्ने देखिएपछि मिति सारिएको हो ।
“मतदान अधिकृत तोक्ने, अभिमुखीकरण गर्नेलगायतका काम गर्न समय अपुग हुने भएपछि वडा अधिवेशन सार्नुपरेको हो”, सभापति थापाले भने । अधिकांश जिल्लामा क्रियाशील सदस्यता सार्वजनिक भइसक्दा तीन दिनपछि मात्र त्यहाँको सूची आएको थियो । वडादेखि केन्द्रसम्मको नेतृत्व छान्ने गरी हुन लागेको महाधिवेशनले कांग्रेस वृत्त गर्माएको छ । नेताहरु कार्यकर्ताको मत लिएर नेतृत्वमा पुग्ने दाउमा छन् । कार्यकर्ता सबल नेता चुनिनुपर्ने बताइरहेका छन् ।
वडातहका अधिवेशनमा भरसक सहमतिबाटै नेतृत्व छनोटको पहल हुने जिल्ला सभापति थापाले बताए । “सहमति हुन नसक्दा त लोकतान्त्रिक विधि छँदै छ, त्यही अनुसार हुन्छ”, उनले भने। वडाबाट निर्वाचित हुने प्रतिनिधिले स्थानीय तह, प्रदेश-सङ्घ निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनमा भाग लिन पाउनेछन् ।
वडा अधिवेशनपछि यही भदौ २७ गते गाउँ-नगर, प्रदेश निर्वाचन क्षेत्रको असोज १ गते, सङ्घीय निर्वाचन क्षेत्रको ५ गते, जिल्ला अधिवेशन १० गते, प्रदेशको कात्तिक १०–१२ र केन्द्रीय महाधिवेशन मङ्सिर ९ देखि १३ गतेसम्म गर्ने कार्यतालिका छ ।
-रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार