
लुनाटिक लिका
न्यायाधीश तिमी बन्छौ,
आफ्नो धारणा तिमी पोख्छौ,
तर मलाई फरक पर्दैन नि !
तिमीले सोधिराख्नु पनि नपर्ला,
करोडौंमा एक यो ‘सुमित्रा’ कस्ती छ ?
म स्वयम्लाई थाहा छ,
समाजमा चर्चामा आएकी मात्र हुँ
यथार्थमा यो ‘सुमित्रा’ साह्रै सस्ती छ !
मेरो जीवनले ‘म’मा परिवर्तन माग्यो,
जब बदलेँ, आफूलाई नमेटिने दाग लाग्यो,
तर मलाई मतलब हुँदैन नि !
सायद तिमीले फुकिराख्न नपर्ला,
तिमीभन्दा फरक यो सुमित्राको गृहस्थी छ !
सबैको नजरमा बिझाएकी मात्र हुँ
तर यथार्थमा यो ‘सुमित्रा’ साह्रै सस्ती छ !
तिमी मलाई आफूसँग तुलना गर्दै, गर्छौ आलोचना
अनि म आफैँलाई केवल आफैँसँग मात्र गर्छु तुलना,
तर मलाई दुःख लाग्दैन नि !
तिमीले सुनाइराख्नु नपर्ला,
हो यो ‘सुमित्रा’ जबर्जस्त छे !
समाज बदल्ने सोचमा हिँडेकी मात्र हुँ,
यथार्थमा यो ‘सुमित्रा’ साह्रै सस्ती छ !
मैले कहिल्यै सुनाउन चाहिनँ,
किनकि बिराना कसैले सुन्ने नै थिएनन्
निर्दोष छु भनी जताउन चाहिनँ,
किनकि आफ्ना भए मिथ्या आरोप लगाउने नै थिएनन् !
पाएँ चरित्रहीनको ट्याग !
के तिमीले म हिँडेको बाटो हिँड्यौ र?
के तिमीले मेरा उतारचढाव भोग्यौ र ?
१ रुपैयाँको सिक्कामा सन्तुष्ट हुँदै ,
म आफैँसँग मुस्कुराएकी छु
अनि,
अलि बेग्लै पहिचान बनाउने गन्तव्य बोकी,
खाली गोडा दुखाएकी पनि छु !
जे जति छ मभित्र नै छ नि,
न तिमीलाई आफ्ना कुरा सुनाएकी छु
लाग्छ अब तिमीले सोचिरहनु नपर्ला,
तिम्रा सोचमा नै नअटाउने यो ‘सुमित्रा’ कस्ती छ ?
कायर हैन नि, मौन मात्र छु म अहिले !!!
किनकि सबैले पचाउन नसकेको मात्र हो,
यथार्थमा यो ‘सुमित्रा’ साह्रै सस्ती छ !













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार