
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । बिहान साढे ८ बजेपछि बालुवाटारमा सुरु हुने गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम, मन्त्रालय बाँडफाँड र मन्त्रिपरिषद विस्तारबारे छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारमा ढिलाई गर्ने पक्षमा आफू नरहेकोले मन्त्री बन्नेको नाम दिन गठबन्धनका दलहरुसँग आग्रह गरिसकेका छन् ।
गठबन्धनमा रहेकोमध्ये राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने निर्णय गरेको छ भने नेकपा एमालेको माधव नेपाल पक्षको सहभागिता पनि निश्चित भएको छैन । आज मन्त्रालय बाँडफाँडको विषय टुंगिए साँझसम्म मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी छ ।
गठबन्धनमा सहभागि नेपाली कांग्रेसबाट हालसम्म प्रधानमन्त्री बाहेक २ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भइसकेका छन् ।
कांग्रेसका बालकृष्ण खाण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीको भूमिकामा छन् । माओवादीबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भूसाल ऊर्जामन्त्रीको जिम्मेवारीमा छन् ।
जसपाले मन्त्री बन्ने सांसदहरुको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिएको छ ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार