
मान्म । कोरोनाको जोखिम रहेको भन्दै यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन् । कर्णाली राजमार्गमा चल्ने यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका हुन् । कालीकोटबाट सुर्खेतको भाडादर रु ८०० भए पनि सुर्खेत उनका लागि एक व्यक्तिको रु एक हजार ५०० देखि रु तीन हजारसम्म भाडा असुल्ने गरेका छन् ।
कालीकोटदेखि सुर्खेत जानका लागि कालीकोट नरहरिनाथ गाउँपालिका–९ का अनिल रावलले रु तीन हजार असुल तिरेको बताए । “कोरोनाका बेला २८ प्रतिशत भाडा वृद्धि गरेको जोड्दा पनि जिपले रु एक हजार २५ लिनुपर्ने हो”, उनले भने । कर्णाली करिडोरअन्तर्गत कालीकोटको जितेगडाँडादेखि घाटपारी चौरसम्म जम्मा ३० किलोमिटर सडकखण्डमा लकडाउन अघिसम्म रु ३०० भाडा दर भएकामा गत वर्षको लकडाउनमा रु ५०० र यसवर्ष रु ८०० सवारी भाडा यातायात व्यवसायी आफैले बढाएका छन् ।
सेनाले निर्माण गरेर सो सडक गत असार ३१ गते सडक विभागलाई हस्तान्तरण गरिएको कर्णाली करिडोरमा यात्रुबाहक गाडीले मात्र नभएर मालबाहक मिनी टाटा र ट््याक्टरले पनि मनपरी ढुवानी भाडा असुल्ने गरेको पचालझरना व्यापारी रामबहादुर बोगटीले बताए। आफूकहाँ कसैको गुनासो नआएको र छड्के जाँदा पनि यात्रुले भाडा ठिकै लिएको बताउने गरेको ट्राफिक कार्यालयले जनाएको छ । भाडामा मनपरी भएको भन्नेबारे गुनासो सुनिए पनि आधिकारिक जानकारी नआएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । “अनौपचारिक रुपमा भाडा बढी लिएको गुनासो आउने गरेको छ”, उनले भने, “औपचारिक जानकारी आए कारवाही गर्छाैं ।”
–रासस












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार