
बैतडी । डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शिशुको हत्या गरेकी छन् । वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी हुन् । अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले शिशुको घाँटी निमोठेर हत्या गरेको बताइएको छ ।
माधवीले नवजात शिशुको हत्या गरेपछि उनका ससुराले प्रहरीलाई जानकारी दिएको जनाइएको छ । माधवीलाई प्रहरीले पक्राउ गरिसकेको छ । माधवी प्रहरीको नियन्त्रणमा रहेकी र अदालतबाट म्याद थपेर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । उनका श्रीमान् १० वर्षदेखि वैदेशिक रोजगारमा गएका र उतै बेपत्ता रहेको प्रहरीले जनाएको छ । माधवीका १३ वर्षीय एक छोरा छन् ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार