
जलेश्व । नेपाली कांग्रेस महोत्तरीका जिल्ला सभापति महेन्द्रकुमार रायले नगरपालिका भवन बनाउन रु ७० लाख मूल्य बराबरको जग्गा दान दिएको छ ।
सभापति रायले जिल्लाको औरही नगरपालिकालाई भवन निर्माणको लागि रु ७० लाख मूल्य पर्ने १४ कठ्ठा जग्गा दान गर्नुभएको औरही नगरपालिकाका प्रमुख सुनिलकुमार यादवले बताए । औरही नगरपालिका– ८ मा अवस्थित श्रीपुर र टिम्किया गाउँ जाने बाटो नजिकै सभापति रायको नाउँमा रहेको ७७२ नम्बर कित्ताको जग्गामध्ये १४ कठ्ठा जग्गा दान दिएका हुन् ।
नगरपालिकाको आफ्नै भवन नरहेकाले सभापति रायले जग्गा दान दिँदा नगरपालिका र नगरवासी निक्कै खुशी भएको नगरप्रमुख यादवले बताए ।
– रासस
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार