
धौखेल, भक्तपुरकी २१ वर्षीय रोजी श्रेष्ठले गत वर्षको लकडाउनपछि अनलाइन व्यवसाय सुरु गरिन् । घरको काम गरेर बचेको समय अनलाइनमार्फत बालबालिकाका लागि उपयुक्त र सान्दर्भिक खालका सामाग्रीको विक्रीवितरण गर्छिन् । यसै सन्दर्भमा उनीसँग पवित्रा भट्टराईले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
हाल के गर्दै हुनुहुन्छ ?
घरमै छु । कोभिडको समय भएकाले सुरक्षित हुन पनि घरमै बस्नुप-यो । अनलाइनबाट गर्दै आएको ‘विजनेश’ पनि चल्दैछ।
कसरी अनलाइन व्यवसायमा लाग्नुभयो ?
होलसेल पसलहरू चिनेकाले पहिलेदेखि नै म किशोरीहरुका लागि कपडा बेच्थेँ । यस्तो काममा रुचि पनि लाग्न थाल्यो । अनि, लकडाउनले अनलाइन व्यवसायको माग पनि बढ्यो । त्यसैले अहिले ‘बेबी प्रोडक्ट’ बेच्न सुरु गरेको छु।
अनलाइन माध्यमबाट गरिने व्यवसाय कत्तिको प्रभावकारी लाग्यो ?
मेरो हिसाबमा यो एकदमै राम्रो हो । आफूले बच्चाका लागि प्रयोग गरेका र राम्रो लागेका प्रोडक्ट अनलाइनमार्फत अर्डर लिने र बेच्ने काम सुरु गरेँ । आजकाल धेरैजसो बालबालिका मोबाइल फोनमै ‘इन्गेज’ हुन्छन् । सिक्ने कुराहरु पनि अनलाइनमै हुन्छन् । जस्तै ई–बुक पढ्ने, शब्दहरु सिक्ने । यो आवश्यक कुरा पनि हो । अहिले त स्कूल पनि अनलाइनमै छ । यसो सोचेँ, सजिलो लाग्यो र मैले पनि अनलाइन व्यवसाय गरेँ ।

यो व्यवसायलाई भविष्यमा कसरी निरन्तरता दिने योजना छ ?
तत्काल अनलाइनमार्फत विक्री वितरणको काम गर्छु । भविष्यमा चाहिँ ठूलै स्टोर बनाएर काम गर्ने योजना छ । निरन्तर व्यवसाय नै गर्छु ।
यो व्यवसायको प्रभावकारिता बढाउन के कस्ता योजनाहरु छन् ?
स्टोर र अनलाइन दुवै सञ्चालन गर्छु भन्ने सोचेको छु । ‘एडुकेश्नल टोएज’, ‘लर्निङ मटेरिएल’, बच्चालाई सिक्न र सिकाउन सघाउने सामाग्री, प्रिन्टेड बाल किताब र ‘ई–बुक’, ‘बे्रन डेभ्लप’ गर्ने खालका सामानहरुको व्यापापरमा विशेष ध्यान दिनेछु। ‘युनिक’ र नयाँ सिकाइ हुने सामानमा जोड दिनेछु।
कोभिड संक्रमणको बेलामा कस्तो रह्यो त व्यवसाय ?
मैले अनलाइन व्यवसाय कोभिड समयमा नै सुरु गरेको हुँ । सुरुमा आफैँ डेलिभरी गर्न जान्थेँ । यसमा कमाइ पनि राम्रो छ। पछि चाहिँ म अनलाइन अर्डर लिन्थेँ र मेरो काकाले डेलिभरीका लागि सघाउनुभयो । मिलेर काम गर्दैैछौँ । निरन्तर गर्ने पनि हो । ‘ई–बुक’ र ‘मस्कुइटो रिपेरेन्ट वाच’को प्रयोगकर्ता टन्नै बढ्यो जस्ले गर्दा व्यवसाय गर्न सजिलो भयो ।
यस्तै व्यवसाय गर्न चाहनेलाई के भन्न चाहनुहुन्छ ?
घरमा बसेर, बच्चा हेरेर, घरको काम मात्रै गरेर हुँदैन । केही उत्पादनमुलक र आयमुलक काम पनि गर्नुपर्छ । आफैँ सक्षम बन्नुपर्छ भन्न चाहन्छु र आफ्नो आवश्यकता पूरा गर्दै आत्मनिर्भर बन्न सके कसैको भर पर्नु पर्दैन ।












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार