
Meta Facebook For Advertisements.
काठमाडौं । बिहिबार पुस १२, २०७९ फेसबुकको मातृ कम्पनी मेटाले ‘एचटीटी पुल बाई एलेफ’ (Httpool by Aleph) लाई नेपालमा आधिकारिक बिक्रेताको रूपमा नियुक्त गरेको छ । योसँगै ‘एचटीटी पुल बाई एलेफ’ले स्थानीय विज्ञापनकर्ता तथा एजेन्सीलाई आफ्नो व्यापार विस्तार, आन्तरिक सहायता, रणनीतिक निर्देशनका साथै मेटाका अन्य उत्पादनमा आवश्यक सहयोग उपलब्ध गराउने छ ।
विश्वभर मेटाको सेल्स टिमको रूपमा आधिकारिक बिक्रेता रहेका छन् । एचटीटी पुल बाई एलेफको होल्डिङ कम्पनी एलेफ (Aleph) सन् २०१८ देखि मेटाको आधिकारिक बिक्रेताको रूपमा आबद्ध भई काम गर्दै आएको छ ।
यो कम्पनीले अफ्रिका, मध्यपूर्वी यूरोप र एसिया-प्रशान्त क्षेत्रसहित विश्वका धेरै क्षेत्रमा स्थानीय टोलीसँग काम गरिरहेको छ ।
”नेपालका लागि आधिकारिक बिक्रेताको रूपमा ‘एचटीटी पूल बाइ एलेफ’ ले विज्ञापनकर्ताका लागि आन्तरिक सहायता तथा निर्देशनमा सहयोग पुर्याउने छ,” कम्पनीका प्रबन्ध निर्देशक सन्नी नागपालले भने, “हामी विभिन्न क्षेत्रमा कार्यशाला र तालिम प्रदान गर्दै विज्ञापनकर्तालाई नयाँ सीप सिक्न र मेटाको प्लेटफर्मबाट अधिकतम लाभ लिन सक्षम बनाउने छौँ ।”
कम्पनीका अनुसार देशको आधिकारिक मुद्रा अर्थात् नेपाली रुपैयाँमै बिलिङ सुविधा हुने भएकाले स्थानीय विज्ञापनकर्तालाई सहज हुनेछ ।












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार