काठमाडौं । साताको पहिलो दिन आज पनि शेयर बजारमा हरियाली छाएको छ । बजार दोहोरो अंकले बढ्नुका साथै कारोबार चार अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुुसार आज बजार १७.२६ अंकले बढेको छ । ०.८५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०४६.२९ अंकमा उक्लिएको छ ।
आज २६१ कम्पनीका १ करोड ८ लाख ८० हजार ९ सय ४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५ सय १०।१९ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार दोहोरो अंकले बढ्दा विभिन्न पाँच कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सिर्जनशील लघुवित्त, खप्तड लघुवित्त, धौलागिरी लघुवित्त, अजोड इन्स्योरेन्स र प्रभु लाइफको शेयर मूल्य क्रमशः १०, ९.९९, ९.९९, ९.९८ र ९.९८ प्रतिशतले बढेको हो ।
समग्रमा बजार बढेको दिन आज सिद्धार्थ इक्वीटी फण्डका लगानीकर्ताहरुले भने सबैभन्दा बढी ५.५७ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज नबिल बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको २२ करोड ५७ लाख ४८ हजार ९ सय ७९.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार