पुस २४, २०७९
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढ्दा करीब साढे पाँच अर्बको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार साताको पहिलो दिन आज बजार २०.५५ अंकले बढेको हो । ०.९६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१६४ं४८ अंकमा पुगेको छ ।
आज २५९ कम्पनीको एक करोड ४१ लाख ९ सय ८८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार १।१९ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार बढेको दिन आज विभिन्न ५ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
खप्तड लघुवित्त, बाराही हाइड्रो, ङादी ग्रुप पावर, मनकामना स्मार्ट लघुवित्त र ग्लोबल आईएमई सम्मुन्नत स्कीम १ का लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९३, ९.५४ र ९.३८ प्रतिशतले नाफा कमाएका छन् ।
त्यसैगरी बुद्धभूमि नेपाल हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.२५ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज हिमालयन डिस्टिलरीका उच्च कारोबार भएको छ । उक्त कम्पनीको २१ करोड २९ लाख ५२ हजार ५ सय ११।२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार