
शुक्रबार दोस्रो दिन पनि जारी राजावादीहरूको प्रदर्शनले माइतीघर-बानेश्वर क्षेत्रको यातायात प्रभावित भएको छ।
माइतीघर-बानेश्वर क्षेत्रको यातायात प्रभावित भएसँगै बागमती करिडोरमा सवारी साधनको जाम बढेको छ।
नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ को आह्वानमा शुक्रबार पनि माइतीघर-बबरमहल क्षेत्रमा प्रदर्शन गरेको छ।
सुवेदी नेतृत्वको समितिले रत्नपार्कमा बिहीबार प्रदर्शन गर्दै ‘जनआन्दोलन’ सुरू गरेको थियो।
सुवेदी नेतृत्वले गरेको ‘जनआन्दोलन’ मा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाललगायत दल तथा समूहहरूले समर्थन जनाएका छन्।
संयोजक सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत आन्दोलनमा उपस्थित छन्।
राजसंस्था र हिन्दु राज्य पुनर्स्थापना, संघीयता खारेजीलगायत एजेन्डामा राजावादीहरूले प्रदर्शन गर्दै आएका छन्। ड्रोनबाट खिचिएको उक्त फोटोहरू शुक्रबार दिउँसो ३:३० बजेतिरको हो।












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार