काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको साधारण शेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता अर्थात २२ करोड ५० लाख रुपैयाँका लागि आज शुक्रबारदेखि आवेदन खुला भएको हो ।
बिक्रीमा ल्याएको जम्मा शेयरमध्ये ४५ हजार कित्ता शेयर कर्मचारीहरूको लागि र १ लाख १२ हजार ५०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि रहेको छ । त्यसमा बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ ।
लगानीकर्ताले असोजको १९ गतेसम्म आवेदन पेश मिति तोकिएको छ । सो समयसम्म माग बमोजिमको आवेदन नपरेको खण्डमा असोजको ३१ गतेसम्म आवेदन दिन पाईने छ ।
आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई बैंक रहेको छ । जस्को प्रत्याभूतकर्तामा नागरिक लगानी कोष रहेको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड ५० लाख रहेको छ । शेयर निष्काशन पछि चुक्ता पुँजी १ अर्ब ५० करोड पुग्ने भएको छ ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार