
सप्तरी । दुई देशका परिचयपत्र फेला परेपछि एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका-२ का प्रमोदकुमार मण्डल छन् ।
नेपाली नागरिकता, मतदाता परिचयपत्रका साथै भारतीय आधार कार्ड फेला परेपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अभियुक्तलाई अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले जानकारी दिए ।
जिप्रकाबाट २०६२ साल भदौ १७ गते उनले लिएको नागरिकता प्रमाणपत्र नं ६६७३ छ । जन्ममिति २०४६ साल जेठ २३ गते रहेको उनको मतदाता परिचयपत्र ०६७४५८७४ छ ।
उनीसँग फेला परेको भारतको आधार कार्डमा भारतीय ठेगाना पिप्रा खुर्द विष्णुपुर-६ सुपौल सरायगढ भपटियाही विहार ८५२१०५ उल्लेख छ। दुवै परिचयपत्रमा उमेर करिब एक वर्ष फरक देखिन्छ ।
– रासस
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार