
पर्वत । जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकालाई पशुपालनको माध्यमबाट दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि सञ्चालन गरेको ब्याएका गाईभैँसीलाई पोषण भत्ता दिने कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कृत्रिम गर्भाधानबाट गाईभँैसीको नश्ल सुधार गरी उत्पादन बढाउन पोषण भत्ता कार्यक्रम प्रभावकारी देखिएको हो ।
गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख दीपक श्रेष्ठले कृत्रिम गर्भाधान सेवाप्रति आकर्षण बढाएर पाडापाडी र बाछाबाछी पाल्नेलाई प्रोत्साहन गर्न पोषण भत्ता कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । “कृत्रिम गर्भाधान गराएका गाईँभैसीबाट जन्मिएका पाडापाडी र बाछाबाछी चार महिना पालेपछि मात्र अनुदान दिने गरिएको छ”, उनले भने, “यसले गर्दा कृषकले उन्नत जातका पाडापाडी र बाछाबाछी पाल्न थालेका छन् ।”
विशेषगरी जन्मिँदाबित्तिकै भैँसीका पाडापाडी नपाल्ने चलन हटाएर संरक्षण गर्न कार्यक्रम प्रभावकारी देखिएको पशु सेवा प्राविधिक श्रेष्ठले बताए। गत आर्थिक वर्ष २०७७/७८ मा ७२ कृषकलाई पाडापाडी र बाछाबाछी हुर्काएवापत पोषण भत्तास्वरुप रु दुई हजार ५०० का दरले कूल रु एक लाख ८० हजार वितरण गरेको शाखाले जनाएको छ ।
जनप्रतिनिधि र पशु सेवा प्राविधिकले बाछाबाछी र पाडापाडीको अनुगमन गरेर अनुदान उपलब्ध गराउने कार्यविधि छ । नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रमका अलावा उन्नत जातको राँगो, साँढे र बोकासमेत वितरण गरेको छ । आठ समूहलाई राँगो खरिद गर्न रु ३० हजारका दरले अनुदान दिएको छ । बीस जना कृषकले गोठ सुधार गर्न रु २५ हजारका दरले अनुदान पाएका छन् । दश कृषकलाई घाँस टुक्रा पार्ने च्यापकटर खरिद गर्न रु २० हजारका दरले अनुदान वितरण गरेको छ ।
पालिकालाई दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउन बाख्रा, गाईभैँसी र कुखुरापालनको पकेट क्षेत्र बनाएर कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । उत्पादन लागत घटाउन घाँसमा आधारित पशुपालनका लागि बहुवर्षे डाले र भुइँघाँसखेती विस्तारका लागि बीउ र बिरुवा वितरण गरेको छ ।
वार्षिक रु १९ लाख ५२ हजार ३१४ लिटर दूध आवश्यक पर्ने जलजला गाउँपालिका दूधमा आत्मनिर्भर बनेर निकासी गर्ने अवस्थामा पुगेको छ । वार्षिक रु २७ लाख ६३ हजार १५० लिटर दूध उत्पादन हुने जलजलाबाट रु आठ लाख १० हजार ८३६ लिटर दूध निकासी हुन्छ । वार्षिक तीन लाख ३५६ किलोग्राम मासु आवश्यक पर्नेमा एक लाख ७१ हजार ५३ किलोग्राम र १० लाख २९ हजार ७९२ गोटा अण्डा आवश्यक पर्नेमा छ लाख ५७ हजार २८० उत्पादन हुने गरेको पशु सेवा शाखाले जनाएको छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार