
काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ। सभा माघ ३ गते लिसारा रिसेप्सनमा बस्दैछ।
सभाले चुक्ता पुँजीको ८८.४५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव अनुमोदन गर्ने जनाएको छ। हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ।
यो अनुसार १०० कित्ता हुने सेयरधनीले ८८.४५ कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्। हकप्रद निष्कासन पछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँले बढ्नेछ।
एलआइसी इन्डियाले नेपालमा रहेको सहायक कम्पनीमा ८० करोड ६७ लाख भारु लगानी थप्ने भएपछि पुँजी हकप्रदबाट बढाउने निर्णय कम्पनीको हो। नेपाली रुपैयाँमा यो एक अर्ब २९ करोड रुपैयाँ हुन आउँछ। जुन एलआइसी इन्डियाको कुल लगानीको करिब ८८.४५ प्रतिशत हिस्सा हो।
एलआइसी नेपालमा एलआइसी इन्डियाको ५५ प्रतिशत स्वामित्त्व छ। यस्तै, विशाल ग्रुपको २५ प्रतिशत साझेदारी छ। बाँकी सर्वसाधरणको भाग हो।












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार