
देउखुरी । दाङका दुई स्थानीय तहका सात वडालाई जडिबुटीको पकेट क्षेत्रका रुपमा विकास गर्न थाालिएको छ । डिभिजन वन कार्यालय घोराहीले घोराही उपमहानगरपालिकाका वडा नं १८ र १९ तथा बङ्गलाचुली गाउँपालिकाका वडा नम्बर १ देखि ५ सम्मलाई जडिबुटी पकेट क्षेत्रका रुपमा विकास गर्न थालिएको हो ।
स्थानीयवासीको वैकल्पिक आम्दानीको स्रोत बनाउने, खेर गइरहेको जमिनको सदुपयोग गर्ने तथा मानव र वन्यजन्तुबीचको द्धन्द्धलाई घटाएर व्यावसायिकरुपमा जडिबुटी खेतीलाई प्रबद्र्धन गर्ने उदेश्यले जडिबुटी पकेट क्षेत्र घोषणा गरी काम थालिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
सात वडामा यस वर्ष सहकारीमार्फत ७१ हजार बढी जडिबुटीका बिरुवा रोपण गरिएको छ । वन कार्यालयले सर्वोेत्तम बहुउदेश्यि सहकारी संस्था घोराहीसँगको समन्वयमा टिमुर, दालचिनी र मालागेडीका ७१ हजार ३० बिरुवा रोपण गरेको छ ।
विसं २०७५ मा पकेट क्षेत्र घोषणा गरी जडिबुटीको व्यावसायिक खेती गर्ने अभियान थालिएको हो । सहकारीमार्फत यस वर्ष पकेट क्षेत्रमा गरिएको जडिबुटी खेती विस्तार कार्यक्रमका विषयमा छलफलसमेत गरिएको छ ।
यस वर्ष ७१ हजार ३० र गत वर्ष ७५ हजार बढी जडिबुटीका बिरुवा रोपिएको वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए । दुई वर्षको अवधिमा करिब सात सय किसान जडिबुटी खेतीमा आबद्ध भएका उनको भनाइ छ ।
वैकल्पिक आम्दानीको स्रोत बनाउने, खेर गइरहेको जमिनको सदुपयोग गर्ने तथा मानव र वन्यजन्तुबीचको द्धन्द्धलाई घटाइ व्यवसायिकरुपमा जडिबुटी खेतीलाई प्रबद्र्धन गर्ने उदेश्य रहेको उनले जानकारी दिए ।
प्रोत्साहन रकम वितरण गर्न शुरू
दाङमा जडिबुटीका बिरूवा रोप्ने किसानलाई प्रोत्साहन रकम वितरण गर्न शुरू गरिएको छ । विशेषगरी जिल्लाका पहाडी भेगमा जडीबुटीका बिरूवा रोपेका किसानलाई प्रोत्साहनवापतको रकम वितरण गर्न शुरू गरिएको हो । डिभिजन वन कार्यालयको सहयोग र सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा बंगलाचुलीका करिव छ सय बढी किसानलाई प्रोत्साहन रकम वितरण गर्न शुरू गरिएको हो ।
सहकारीमार्फत पकेट क्षेत्रमा जडिबुटी विस्तार कार्यक्रमअन्तर्गत बंगलाचुली र घोराहीका गरी सात वडामा ७० हजार बढी बिरूवा रोपिएको छ । त्यसमध्ये घोराहीका वडा नं १८ र १९ तथा बंगलाचुलीका वडा नं १, २, ३, ४ र ५ मा टिमुर, मालागेडी तथा दालचिनीका बिरूवा रोपिएको छ ।
बिरूवा रोपेका किसानलाई प्रति बिरूवा रु तीनका दरले प्रोत्साहन रकम प्रदान गरिने संस्थाका अध्यक्ष धु्रवराज पौडेलले जानकारी दिए । उनका अनुसार प्रोत्साहन रकम वितरणका लागि संस्थाले रु १० लाख रकम छुट्टाइएको छ । बंगलाचुलीका वडा नं ३, ४ र ५, घोराहीका वडा नं १८ र १९ तथा तुलसीपुर उपमहानगरपालिकाको वडा नं १९ लाई टिमुर पकेट क्षेत्र तोकिएको छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार