
काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र स्वीस सहयोग रणनीति मूल्याङ्कनका लागि नेपाल भ्रमणमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ । उपसभापति निधि निवास वानेश्वरमा भएको भेटमा स्वीस प्रतिनिधिमण्डलसँग नेपालको परिवर्तित राजनीतिक सन्दर्भ, नयाँ संविधान र सङ्घीयताको कार्यान्वयन तथा सङ्क्रमणकालीन न्याय र विकास निर्माणको क्षेत्रमा स्वीस सरकारले गरेको सहयोगका विषयमा कुराकानी भएको थियो ।
सो भेटमा उपसभापति निधिले नेपालको विकासमा स्वीस सरकारले गरेको सहयोगको उच्च प्रसंशा गरेका थिए । सहयोगका लागि धन्यवाद दिँदै उनले अन्य विकासमा पनि सहयोग विस्तार गर्न आग्रह गरेका थिए । उपसभापति निधिले नेपालमा कृषि, जलविद्युत्को क्षेत्रमा लगानी गर्नका लागि लगानीकर्ता पठाउन पनि आग्रह गरेका थिए।
जवाफमा नेपालका लागि स्वीस राजदूत एलिजावेथ भन क्यापिलरले त्यसका लागि आफूहरु तयार रहेको भन्दै नेपालको झण्झटिलो सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएकी थिइन् । नेपाल भ्रमणमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलले प्रदेश नं १ का जिल्लामा सञ्चालित परियोजनाको स्थलगत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार