
म्याग्दी । म्याग्दीका शहरी क्षेत्र तथा ग्रामीण भेगमा ‘सेतो पुतलीको झुस’को समस्या देखिएको छ । घरघरका भित्तादेखि सार्वजनिक संस्था, सरकारी तथा निजी क्षेत्रका कार्यालय र बिजुलीका खम्बालगायत ठाउँमा ‘झुस’ ले सर्वसाधारण हैरान भएका हुन् ।
जिल्ला सदरमुकाम बेनी बजारका १८ वर्षीय युवा अमृत पुनको झुस आँखामा परेर ज्योति नै गुमेको छ । सेतो पुतलीबाट विशेषगरी विद्यार्थी र युवायुवती बढी प्रभावित भएका चिकित्सकले बताएका छन् ।
गत भदौ पहिलो सातादेखि सुरुआत भएको समस्याबाट जिल्लाका अधिकांश क्षेत्र प्रभावित बनेका छन् । गत भदौको दोस्रो साता झुस आँखामा परेर समस्या भएपछि उपचारका लागि बेनी अस्पताल पुगेका युवा पुनलाई तुरुन्तै पोखराको हिमालय आँखा अस्पताल पठाइएको थियो । पुनको आँखाको रेटिना पुरै बिग्रिसकेकाले ज्योति गुमेको बेनी अस्पताल आँखा उपचार शाखाकी नेत्र सहायक प्रकृति ढुङ्गानाले जानकारी दिए ।
चिकित्सकीय भाषामा सेतो पुतलीको झुसबाट आँखाको ज्योतिमा पर्ने नकारात्मक असरलाई सिजनल हाइपरसुट पन्युवाइटिस (एसएचएपीयू–सापु) नामकरण गरिएको छ । ग्रामीण भेगमासमेत सापुका बिरामी बढेका स्थानीयले बताएका छन् । जिल्लाका बेनी नगरपालिकासहित मालिका, मङ्गला, धवलागिरि र रघुगङ्गा गाउँपालिकामा आँखाका बिरामी बढेका र यसो हुनुका कारण सेतो पुतलीको झुस नै रहेको आँखा उपचार शाखाका दिनेश बानियाँले बताए ।
चिकित्सकका अनुसार सापुका लक्षणमा सुरुमा आँखा रातो हुने, चिप्रा नलाग्ने तथा उज्यालोमा हेर्न नकिदैन । साथै आँखाको दृष्टिमा कमी तथा नानी सेतो हुँदै जाने र पीप जम्छ । “यसको उपचार भनेकै जतिसक्दो छिटो पीप निकाल्नु हो”, हिमालय आँखा अस्पतालकी मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठले भनिन्, “४८ घण्टाभित्र उपचार भए निको हुन सक्छ ।”
झुस आँखामा परेपछि समस्या भई आँखा उपचार केन्द्रमा उपचारका लागि आउने बढेका आँखा उपचार केन्द्रकी नेत्र सहायक ढुङ्गानाले बताए । उनका अनुसार झुसले भदौ दोस्रो सातापछि कम्तीमा १२ सङ्क्रमित उपचारका लागि केन्द्रमा आएका छन् । उनीहरूमध्ये बेनी अस्पतालबाट चार, नेत्रज्याति सङ्घ आँखा उपचार केन्द्रबाट चार गरी आठ जनालाई पोखरा पठाइएको थियो अन्यको बेनीमै उपचार भइरहेको छ ।
आँखाको नानीमा पुतलीको धेरै झुस गाडिएका कारण आँखा सुक्खा हुने भएकाले उपचारमा समस्या हुने गरेको र त्यस्ता बिरामीलाई पोखरा पठाइएका सङ्घ आँखा उपचार केन्द्रका नेत्र अधिकृत दिनेश बानियाँले बताए ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार