रसुवा । पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा मङ्गलबार साँझ भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ। गोसाइँकुण्ड गाउँपालिका–६ ठाडेकी चार वर्षीया बालिका नैना घलेको मृत्यु भएको हो । प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेका अनुसार राजमार्गमा हिँडिरहेको अवस्थामा उनलाई काठमाडौँबाट धुञ्चेतर्फ आउँदै गरेको ना१ज ६१७६ नंको यात्रुबाहक टाटासुमोले ठक्कर दिएको थियो । गोसाइँकुण्ड गापा–६ का ३० वर्षीया उर्जा घले र आठ वर्षीय करण धले सुमोको ठक्करबाट गम्भीर घाइते भएका छन् । उनीहरूको काठमाडौँको धापासीस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।
पैदलयात्रीलाई ठक्कर दिइ जिप राजमार्गभन्दा करिब ५० मिटर तल खसेको थियो । जिपमा चार जना सवार थिए । आमाछोदिङ्मो गापा–५ ब्राजमका जिप चालक ३० वर्षीय छिरिङदोर्जे तामाङ र वडा नं २ ग्रेगाउँका ३१ वर्षीय निमादोर्जे तामाङको नुवाकोटस्थित त्रिशूली आस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार