
चितवन । जल पर्यटनमा आश्रित मजदुरलाई रोजगारी प्रदान गरिइएको छ । कोभिड–१९ महामारीका कारण सो व्यवसायमा आवद्ध मजदुर समस्यामा परेका जनाउँदै नेपाल टुरिजम बोर्ड, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र नेपाल एशोसियशन अफ राफ्टिङ एजेन्सी (नारा) को संयुक्त पहलमा रिभर गाइडलाई नदी सरसफाइ तथा पहुँच मार्ग मर्मत सम्भारका कामसहित रोजगार प्रदान गरिएको हो । ७ देखि १० दिनसम्मको रोजगार प्रदान गरिएको नाराका अध्यक्ष गङ्गाप्रसाद नेपालले जानकारी दिए ।
विशेष गरी त्रिशूली, कर्णाली, र भोटेकोसी नदी सरसफाइ तथा पहुँच मार्ग मर्मतका लागि सो रोजगार कार्यक्रम सञ्चालन गरिएको छ । अहिले ती नदी किनार सरसफाइ तथा नदीको पहुँचमार्ग मर्मतको काममा उनीहरु संलग्न रहेका छन् । उनले भने, “विगत दुई वर्षदेखि कोभिड–१९ का कारण पर्यटन उद्योग ठप्प हुदाँ यहाँ कार्यरत रिभर गाइड, ट्रेकिङ गाइड, होटल मजदुर समस्यामा परेका छन्, मजदूर डुङ्गा चलाउन विभिन्न देश जाने पाएका छैनन् ।
उनीहरुलाई चाडपर्वको बेला केही राहत प्रदान गर्न रोजगारका कार्यक्रम सञ्चालन गरिएको हो ।” रिभरगाइड विकास गुरुङले चाडपर्वका समयमा केही काम पाउँदा थोरै भए पनि राहत मिलेका जानकारी दिए ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार