
भनिन्छ एक जना महिला स्वस्थ भइन् भने संसार नै स्वस्थ हुन्छ । त्यसैले महिलाको शारीरिक एवम् मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनु जरुरी हुन्छ ।
अझ गर्भवती महिलाहरु त झन् शारीरिक, मानसिक तथा सामाजिक रुपमा स्वस्थ र तन्दुरुस्त रहनु अपरिहार्य छ र उनीहरुलाई स्वस्थ राख्नका लागि उनीहरुको खानपान र स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्छ ।
नवजात शिशुको पहिलो खुराक नै आमाको बिगौती दुध हो । नवजात शिशुलाई जन्मेको एक घण्टाभित्र आमाको बाक्लो बिगौती दुध खुवाउनपर्छ । जन्मेको दिनबाट ६ महिनासम्म निरन्तर आमाको स्तनपान गराई शिशुलाई स्वस्थ्य र तन्दुरुस्त बनाउनुपर्छ । नवजात शिशु जन्मेको ६ महिना पश्चात आमाको दुधको साथै अन्य पौष्टिक आहारमा पनि उत्तिकै ध्यान दिनु जरुरी छ ।
स्तनपान गराउनुने आमाहरुलाई परिवार र श्रीमानको पनि उत्तिकै साथ र सहयोग चाहिन्छ । सुत्केरी आमाहरुलाई सुरु–सुरुमा अप्ठ्यारो लाग्न सक्छ तर स्तनपान समयसँगै सिकिँदै जाने कुरा हो । यस्तो समयमा स्तनपानका लागि परिवारका सदस्यको साथ र सहयोग अनि माया दिएर स्तनपानमा सहयोग पु¥याउन सकिन्छ ।
महिलाको स्तनमा दुध उत्पादन गराउन प्रोल्याक्टिन र अक्सिटोसिन हर्मोनको मुख्य भुमिका रहन्छ । ती हर्मोनले आमाको स्तनमा दुध बन्न उत्तेजकको भूमिका खेल्छन् । त्यसैले गर्भावस्थामा गर्भवती महिलालाई जब आफ्नो पेटमा बच्चा बसेको थाहा हुन्छ तब देखि नै ‘म आफ्नो बच्चालाई मेरो दुध मात्र खुवाउँछु’ भनेर मानसिक रुपमा तयारी बनाउनुुपर्छ । यो तयारीले ‘इन्डोर्फिन’ नामक नेचुरल हर्मोन बन्छ ।
साथमा गर्भवती महिलाको खाना, पौष्टिक आहार र मैत्रीपूर्ण व्यवहार पनि उत्तिकै आवश्यक रहन्छ । महिलाको शरीरको सरसफाई र स्तनको सफाई पनि उत्तिकै जरुरी हुन्छ, जसको कारण दुध आउने प्वालहरु खुला रही सुत्केरी अवस्थामा स्तनबाट सहजै दुध आउँछ ।
आजभोलि अफिस, सौन्दर्य र फिगर मेन्टेन गर्ने नाममा स्तन नचुसाउने फेसन चलेको छ, यसले नवजात शिशुको दुध चुस्ने अधिकार त खोसिन्छ नै साथै सुत्केरी महिलाको स्वास्थ्यमा समेत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रभाव पार्दछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि स्तनपान सप्ताहको अवसरमा सचेतनामूलक सामाग्रीहरु तयारी र प्रकाशन गर्दै आएको छ ।












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार