कर्णाली । प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
मन्त्री शाहीले कर्णाली प्रदेशका प्रमुख तिलक परियारसमक्ष मङ्गलबार शपथग्रहण गरेका हुन्। शाहीलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले मङ्गलबार नियुक्त गरेका थिए। मुख्यमन्त्री शाहीले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा शाहीलाई नियुक्त गरेपछि प्रदेश सरकारको मन्त्रिपरिषद् दुई सदस्यीय बनेको छ ।
मन्त्री शाहीले मङ्गलबार नै पदबहाली गरेका छन्। सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को संयुक्त बैठकले शाहीलाई मन्त्रीमा सिफारिस गरेको थियो । उनी नेकपा (एकीकृत समाजवादी) पार्टीबाट कर्णाली प्रदेशसभा सदस्य रहेका छन्।
– रासस
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार