
उर्मिला कोइराला
जीवनको यो नदी
र बगाइको प्रवाह
छाल पनि र गति पनि ।
पुस्तापुस्ता देखेको छु
हजुरबा देखेको छु
बा देखेको छु
बाको पुस्ता देखेको छु
भोगेको छु मेरै पुस्ता
र कल्पेको छु सपनाको नदी
तर कहीँ कतै पुल छैन ।
सपनाको नदी र विपनाको पुलबीच
तर्न कठिन छ जीवनको यो खोला ।
हरेक बिहान
उही र उस्तै आशाका किरणहरू
हरेक साँझ
उही र उस्तै अभाव र पीडाहरू
हरदिनको समस्या पहाड बनेर उभिन्छ आँखामा ।
आँसुले नभिज्ने त्यो पहाडमा त
एक झुल्को घामसम्म लाग्दैन
समय भन्छ –
म कुन उज्यालोको अनुभूति सँगालू र मुस्कुराऊँ ?
अन्तरविरोध छ आफैँसँग
विरोधाभाष छ आफैँभित्र
विरोधाभाषमै चलेको छ जीवनको रथ
अस्थिर रथको यात्राले
कसरी दिन्छ स्थायीयात्रा
देशले खोजेको शान्ति र स्थायित्वको जग मै हुँ ।
म अस्थिर हुनुको परिणति देशको मुहारमा देखिन्छ
म अमिलो देश देख्न चाहन्न !
समय भीडहरूमा एक्लै छ
र भीड पनि भीड आफैँमा एक्लो छ
एक्लो यात्राले कसरी गर्न सक्छ समूहको नेतृत्व ?
समयको यो खण्ड
समयकै परीक्षामा छ
म हारूँ देश नहारोस्
देश नहार्ने सूत्र हो
पृथकताको सम्मान
र पृथकतामा एकता
तर त्यस्तो देखिरहेको छैन मैले ।
बोली धेरै सुनेँ, सुन्नु सुनेँ
अब म बोल्नेहरूको बोलीको प्रभाव
कर्मको आँगनमा पर्खिरहेको छु ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार