काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकताकै पक्षमा रहेको बताएका छन्।
आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता नेपालले अहिले पनि आफू पार्टी एकताकै पक्षमा रहेको बताए।
‘केपी ओलीले मलाई जति नै गाली गरे पनि म अहिले पनि पार्टी एकता होस् भन्ने पक्षमा छु,’ नेता नेपालले बैठकमा भनेका कुरा उद्धृत गर्दै नेता रघुजी पन्तले भने, ‘केपी ओलीले हामीलाई अल्मल्याउन खोजेको त होइन भन्ने धेरै साथीको आशंका छ। तर म त्यस्तो नहोला भन्ठानेर एकतामा जोड दिन चाहन्छु।’
आज बसेको केन्द्रीय कमिटी बैठकले सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएकोमा स्वागत गर्ने निर्णय गरेको छ।
आजको केन्द्रीय कमिटी बैठकमा ३५ जना केन्द्रीय सदस्यले धारणा राखेकोमा अधिकांशले सम्मानजक पार्टी एकतामा जोड दिएका थिए। बाँकी काम स्थायी कमिटीले टुंग्याउने गरी केन्द्रीय कमिटी बैठक सकिएको छ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार