
सप्तरी । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सोमबार राजविराजमा जिल्ला समिति सप्तरीको कार्यालय स्थापना गरेको छ । राजबिराज बजारमा लोसपा केन्द्रीय कार्यकारणी समिति सदस्यद्वय शेखरकुमार सिंह र चन्द्रकान्त चौधरीले संयुक्त रुपमा पार्टी कार्यालय उद्घाटन गरे ।
राष्ट्रियसभा सदस्यसमेत रहेका सिंहले उत्पीडित, उपेक्षित र सीमान्तकृत जनसमुदायको उत्थान तथा विभेदबाट उन्मुक्तिको अभियानमा अविचलित भई लोसपाको अभियानमा एकजुट हुन आग्रह गरे । सङ्घीय सांसद रहनुभएका चौधरीले मधेसी, थारु, आदिवासी, जनजाति, मुस्लिम, दलित, खसलगायत परेका सबैको उत्थान र उन्मुक्तिको लागि लोकतान्त्रिक समाजवादी पार्टी मात्र रहेको बताए ।
राजविराज नगरपालिकाका पूर्वनगरप्रमुख शैलेश चौधरीले लोकतान्त्रिक समाजवादी पार्टी स्थापनाले लोकतन्त्र, समानता, विविधता, समावेशीकरण बलियो हुँदै सबै क्षेत्र र उत्पीडित वर्गको हित गर्ने विश्वास व्यक्त गरे । लोसपाका नेता तथा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, नेता जयप्रकाश ठाकुर, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह, राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषा मण्डलले पार्टीको प्रगतिशील अभियानमा प्रतिबद्धता व्यक्त गरे ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार