
राजविराज । सप्तरीको राजविराज नगरपालिकस्थित देउरी भरुवामा सहकारी शीतभण्डारको निर्माण अलपत्र परेको छ । राजविराज –१२ देउरी भरुवामा निर्माणाधीन सो शीतभण्डारको क्षमता तीन हजार मेट्रिक टनको छ । ठेकेदारको चरम लापरवाहीले निर्माणकार्य अहिले रोकिएको छ । ठेकेदार कम्पनीले कोरोना महामारीको बहाना देखाएर विगत ६ महिनादेखि काम स्थागित गरेको बताइएको छ ।
जिल्ला सहकारी सङ्घले सहकारी संस्थाको व्यवस्थापन विस्तार एवं यहाँ उत्पादित कृषि उपजको भण्डार र व्यवस्थापननमा सहयोग पु-याउने ध्येयले सो कार्य अगाडि बढाएको थियो । विसं २०७५ फागुन महिनामा शिलान्यास गरी निर्माण थालिएको शीत भण्डारको काम ५० प्रतिशत भएको छैन । स्थानीयवासीका अनुसार शर्मा आशिष ओम साइराम, सानोठिमीले ठेक्का लिएको थियो ।
सङ्घका प्रबन्धक रमेशप्रसाद गुप्ताले शीतभण्डारबाट हजारौं किसानले लाभ लिन सक्ने जनाउँदै शीघ्र निर्माण सम्पन्न गर्न पहल भइराखेको बताए । उनका अनुसार यसका लागि पहिलो किस्ता रु तीन करोड बजेट निकासा भएको थियो । अहिले बजेटका अभावमा काम रोकिएको बताइएको छ ।
सङ्घीय र प्रदेश सरकारले समयमा अनुदान रकम दिएका छैनन् । सङ्घीय सरकारको ६० ,सङ्घ संस्थाको २० तथा स्थानीय तथा प्रदेश सरकारको २० प्रतिशत रकम रहने सो शीतभण्डारको क्षमता ३ हजार मेट्रिक टन रहने जनाइएको छ । पाँच च्याम्बर भएको शीतभण्डारको लम्बाइ ४८ मी, चौडाई ४०।८५ मी उचाइ ९।५ मी रहने प्राविधिकले जनाएका छन् । कूल ६४ हजार ९८२।६८ वर्गमी जग्गा क्षेत्रफल ओगटेको शीतभण्डार मूल्य अभिवृद्धि कर बाहेक रु २७ करोड लाग्ने जनाइएको छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार