
भक्तपुर। नगरपालिका‐९ कमलविनायक गछेंस्थित नवदुर्गा द्योछेंमा ‘खमेय’ अर्थात् निखर कालो राँगो भित्र्याइएको छ । सो राँगोलाई वडादशैँ अन्तर्गत नवमीको राति महिषासुर दैत्यको प्रतीकका रूपमा बध गर्ने गरिन्छ । हरेक वर्षझँै आउँदो विजयादशमी नवमीको दिन बध गर्न नवदुर्गा मन्दिरको देवता घर अर्थात् द्योँछेमा खमेयलाई भित्र्याएको हो ।
सूर्यविनायकका लक्ष्मण छुँजूले रु एक लाख २५ हजारमा खरिद गरेको राँगो नवदुर्गालाई चढाएका हुन् । हरेक वर्ष नवदुर्गालाई विभिन्न व्यक्तिले खमेय चढाउने गर्दछन् । यो राँगो नवमीसम्म द्योछेंमै पालेर राखिन्छ । प्रत्येक वर्ष घण्टाकर्ण चतुर्दशीदेखि नागपञ्चमीसम्ममा खमेय भित्र्याउने परम्परा रहेको छ । नवमीको राति नवदुर्गा द्योछेँबाट राँगोलाई मदिरा खुवाइ अबिर दलेर दौडाउँदै नगर परिक्रमा गराई ब्रम्हायणी मन्दिरमा पु-याएर महिषासुर दैत्यको प्रतीकका रूपमा राँगोको बध गरिने परम्पार रही आएको छ ।
–रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार