चितवन ।नेपाल मत्स्य व्यवसायी संघले चितवनलाई माछामा आत्मनिर्भर भएको घोषणा गरेको छ । जिल्लामा हाल चार हजार ३८ मेट्रिक टन माछा वार्षिक उत्पादन हुँदै आएको र २ हजार ६ सय मेट्रिक टन खपत हुँदै आएको छ ।
चितवनमा वार्षिक तीन हजार मेट्रिक टन माछाको माग हुने गरेको संघका अध्यक्ष खगेन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार यस वर्ष उत्पादन बढेर ६ हजार ६ सय ५३ मेट्रिक टन माछा उत्पादन हुने लक्ष्य राखिएको छ । एक हजार ३ सय ७ व्यावसायिक माछा खेती गर्नेहरु रहेको छन् । जहाँ २ हजार ८ सय ३१ जनाले प्रत्यक्ष रोजगार पाइरहेका छन् ।
जिल्लामा उत्पादित माछामध्ये दैनिक दुई टन जिल्ला बाहिरका बजारमा जाने गरेको सो अवसरमा जानकारी दिइयो । जिल्लामा हाल दैनिक एक टन माछा छिमेकी राष्ट्र भारतबाट आउने गरेको भए पनि जिल्लाको बजारलाई त्यहीको उत्पादनले धान्ने गरेकाले यस जिल्लालाई माछामा आत्मनिर्भर भएको संघले घोषणा गरेको हो । त्यहाँ उत्पादित माछाको मुख्य बजार चितवन, पोखरा र काठमाडौँ रहने गरेको छ ।
जिल्लाका मुख्य बजारमा केही मात्रामा फर्मालिन प्रयोग गरिएका माछा देखिएको भन्दै उनले यसलाई रोक्नका लागि स्थानीय निकायसँग सहकार्यका लागि माग गरिएको बताए । अहिले चितवनको बजारमा एक हजार ५ सय मेट्रिक टन बिक्रीका लागि तयारी भए पनि स्टकमा राखिएको छ । विसं २०३८ सालदेखि माछापालन सुरु गरिएको यस जिल्लामा विसं २०६७ देखि व्यावसायिक रुपमा सुरु गरिएको थियो । माडीको गोपालनगर र भरतपुरको शंकर चोकमा व्यक्तिगत प्रयोजनका लागि माछा पालिएको भए पनि यसको बिस्तारको अवधि विसं २०४८ बाट सुरु भएको मान्न सकिन्छ ।
राज्यले माछापालन व्यवसायमा विसं २०४८ बाट अनुदान दिन थालेको थियो । व्यावसायिक हुन नसकेको यो व्यवसाय अहिले आएर व्यावसायिकसँगै आत्मनिर्भर भएको नेपाल मत्स्य व्यवसायी संघ केन्द्रीय महासचिव जोगेन्द्र चौधरीले बताए । उनले भने, ‘राज्यले मत्स्य व्यवसायीलाई आत्मनिर्भर घोषणा गर्नका लागि कुनै निकायले ध्यान दिन नसकेकाले हामी आफैँले घोषणा गर्नुपरेको हो ।’
यहाँ सात सय हेक्टर क्षेत्रफलमा पोखरी निर्माण गरिएको छ । माछापालनका लागि ५१३ हेक्टर क्षेत्रफल मात्रै प्रयोग भएको छ । नेपालमा अहिले ५५ हजार मेट्रिक टन माछा खपत हुँदै आएको छ । जसमध्ये ३० देखि ४० प्रतिशत नेपालको उत्पादनले धान्दै आएको छ । नेपालमा उत्पादित माछाभन्दा बाह्य बजारबाट आएका माछा व्यवसायीले सस्तोमा पाउने भएकाले नेपाली बजारमा ती माछाको प्रयोग वढ्दो क्रममा रहेको चौधरीको भनाइ छ । देशभरि ७० प्रतिशत व्यवसायीले विदेशी माछाको प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार