
जाजरकोट । तीन जिल्लालाई लक्ष्य गरी रुकुम पश्चिमको चौरजहारी अस्पलातमा अक्सिजन प्लान्टद्वारा अक्सिजन उत्पादन सुरु भएको छ ।
चौरजहारी नगरपालिका–१ मा रहेको अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएपछि त्यसबाट अक्सिजन उत्पादन सुरु भएको अस्पतालले जनाएको छ।
रु एक करोड १० लाखमा प्लान्ट जडान भएको अस्पतालका प्रशासक डिलबहादुर गिरीले जानकारी दिए। अस्पताल परिसरमा प्लान्ट जडानका लागि झण्डै साढे रु दुई लाख लगानी अस्पतालले गरेको छ । नगरपालिकाले सो प्लान्ट खरिद गरेर अस्पताललाई उपलब्ध गराएको हो ।
तीन जिल्लाका स्वास्थ्य संस्था तथा स्थानीय तहहरुले नेपालगञ्ज गएर अक्सिजन भरेर आपूर्ति गर्दै आएका थिए। अब नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको बताइएको छ । यो प्लान्टले दैनिक ३२ देखि ३६ वटासम्म ४० लिटरका सिलिण्डर भर्न सक्ने क्षमता राख्दछ ।
हाल अक्सिजन प्लान्ट जेनेरेटरमार्फत सञ्चालन भइरहेको छ । विद्युत् नियमित नहुँदा अस्पतालले जेनेरेटरको सहायताले अक्सिजन उत्पादन गरिरहेको हो । विद्युत् हुँदा त्यसैबाट उत्पादन गरे पनि विद्युत् नहुँदा भने जेनेरेटरको सहायताले अक्सिजन उत्पादन भइरहेको छ । अक्सिजन उत्पादनका लागि नियमित विद्युत् आपूर्तिको पहल भइरहेको नगरपालिकाले जनाएको छ ।
जाजरकोटको ५० शय्याको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट खरिद प्रक्रिया नहुँदा बजेट फ्रिज भएको छ । बोलपत्र आह्वान गरी प्रक्रिया अगाडि बढाए पनि ठेकेदारले खरिदमा ढिलाइ गर्दा सम्झौता रद्द गरिएको थियो । पटक–पटक प्लान्ट ल्याउन म्याद थप्दा पनि ठेकेदारले प्लान्ट नल्याएपछि सम्झौता रद्द गरिएको व्यवस्थापक टीकाराम जैशीले बताए।
त्यस्तै छिमेकी जिल्ला डोल्पामा समेत अक्सिजन प्लान्ट भन्दै नक्कली कन्सन्ट्रेटर ल्याएर बुझाएपछि सो ठेक्का रद्द भएको छ। रुकुम पश्चिम, सल्यानलगायतका जिल्लामा प्लान्टको नाममा कन्सन्ट्रेटर खरिद गरिएको सूचना चुहिएपछि छानबिनसमेत गरिएको थियो ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार