
म्याग्दी । म्याग्दी उद्योग वाणिज्य सङ्घले स्थापनाको ५०औँ वर्ष पूरा गरेका अवसरमा जिल्ला अस्पताल, स्थानीय तह, बालगृह र पत्रकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
बेनी अस्पताल, छ स्थानीय तह, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा र बालगृहलाई रु एक लाख ७० हजार मूल्य बराबरको मास्क, स्यानिटाइजर र पञ्जा सहयोग गरेको हो । कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्य सामग्री उपलब्ध गराएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए ।
महासङ्घका केन्द्रीय सदस्य कुवीरकुमार श्रेष्ठ, महासङ्घका पूर्वउपाध्यक्ष प्रमोद श्रेष्ठ, सङ्घका निवर्तमान अध्यक्ष उत्तम कर्माचार्य, पूर्वअध्यक्ष सुदर्शनकुमार श्रेष्ठ, मानार्थ सदस्य नैनकुमार श्रेष्ठलगायत सङ्घका पदाधीकारीले सामग्री हस्तान्तरण गरेका थिए । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक दिवान कार्की, नेपाल बालङ्गठनका सभापति राजेश शाक्य, महासङ्घका अध्यक्ष प्रकाश पौडेललाई सामग्री हस्तान्तरण गरिएको थियो ।
सङ्घको पालिकास्तरमा रहेका इकाई मार्फत स्थानीयलाई सामग्री उपलब्ध गराइने सङ्घका महासचिव अमित बानियाँले बताए । विसं २०२७ साउन १७ गते स्थापना भएको सङ्घले स्वर्ण वर्षका अवसरमा पछिल्लो एक वर्षयता विभिन्न कार्यक्रम गरेको थियो । सोही अवसरमा प्रवेशद्वारका रुपमा रहेको कालीपुल बसपार्कमा शिवको मूर्तिसहितको स्तम्भ निर्माण गरेको छ । दुई हजारभन्दा बढी सदस्य रहेको म्याग्दी उद्योग वाणिज्य सङ्घ जिल्लामा निजी क्षेत्रको छाता सङ्गठनका रुपमा रहेको छ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार