
चितवन। पवित्र तीर्थस्थल देवघाट धाममा थालिएको शवदाहगृह निर्माणमा ढिलाइ भएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले ठेक्का लगाएको शवदाहगृहको म्याद गुज्रिनै लाग्दासमेत कामले गति लिनसकेको छैन।
पशुपतिनाथपछि सबैभन्दा धेरै अन्तिम दाहसंस्कार गर्ने ठाउँ देवघाट हो। दाउराबाट जलाएर दाहासंस्कार गर्न कठिन हुन थालेपछि भरतपुर महानगरपालिका र देवघाट क्षेत्र विकास समितिको समेत पहलमा विद्युतीय शवदाहगृह निर्माणको प्रक्रिया अघि बढेको थियो। सङ्घीय सरकारको बजेटबाट थालिएको शवदाहगृह निर्माणका लागि मूल्य अभिवृद्धि करबाहेक रु नौ करोड ९२ लाखमा निर्माण गर्ने गरी ठेक्का लगाइएको हो।
विसं २०७५ माघ ३ गते सम्झौता हुँदा दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने उल्लेख छ। कोभिड–१९ को कारण देखाउँदै पुनः छ महिना म्याद थपियो र २०७८ साउनमा काम सम्पन्न हुनुपर्ने थियो। थपिएको म्यादसमेत सकिँदा बल्ल काम थालिएको छ। निर्माण कछुवाको गतिमा रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले बताए।
निर्माण ढिलाइ हुँदा अहिले दाउराको प्रयोगबाट शव जलाउने गरिँदै आएको छ। ‘कोभिडको समयमा एक दिनमा ३३ शवसमेत दाहसंस्कारका लागि ल्याइएको थियो, तर ठाउँ साँघुरो र वर्षाको समय हुँदा लाइनमा बस्नुपर्ने बाध्यता भयो,’ उनले भने।
कोभिड–१९ सङ्क्रमितको शव व्यवस्थापनका लागि छुट्टै ठाउँ तोक्दा पनि नियमित शव जलाउने ठाउँमा भीड हुने गरेको उनको भनाइ छ। समितिले निर्माण छिटो गर्न ताकेता गरिरहेको घिमिरेले बताए। विद्युतीय शवदाहगृह निर्माण भए दाउरा पाउन कठिन भइरहेको परिस्थिति अन्त्यसँगै सहजै दाहसंस्कार गर्न टेवा पुग्ने उनको भनाइ छ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार