
भादगाउँ। नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का स्थायी समितिका सदस्य लीलामणि पोखरेलले नेकपा ९एमाले० सँगको तत्कालीन पार्टी एकता रणनीतिक योजनानुसार भएको बताएकोे छ । उनले बिहीबार साँझ मध्यपुरथिमि नगरपालिका–४ को वडा भेलालाई सम्बोधन गर्दै लामो समय मिलेर बस्न सकिँदैन भन्ने जानकारी हुँदाहुँदै तत्कालीन समयमा पार्टी एकता गर्नुपरेको हो भने।
उनले भने, “पार्टी एकता दीर्घकालीन सोचले भएको होइन। एमालेसँगको माओवादीको एकता अल्पकालीन सम्झौता मात्र थियो ।”सरकारले ल्याएको अध्यादेश संविधान रक्षाका लागि भएको पूर्व सांसद पोखरेलले जिकिर गरे ।
माओवादी केन्द्रका नेता गुणकृष्ण श्रेष्ठका अध्यक्षतामा सम्पन्न नगरसभा बैठकमा पार्टीका भक्तपुर इन्चार्ज दिलीप प्रजापति, अध्यक्ष डीपी ढकाल, नगर इन्चार्ज कृष्णलाल गोजा र नगर अध्यक्ष विजय श्रेष्ठले सङ्गठन निर्माणमा जोड दिए । सो अवसरमा प्रदीप श्रेष्ठका अध्यक्षतामा २१ सदस्यीय मध्यपुरथिमि–४ वडा कमिटी र सुशील श्रेष्ठका नेतृत्वमा वडाको २३ सदस्यीय वाइसीएल कमिटीसमेत निर्वाचित गरिएको नगर संयोजक विजयले बताए।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार