
संखुवासभा । नेपाली काँग्रेस सङ्खुवासभाको सभापतिमा दीपक खड्काले उम्मेदवारी घोषणा गरेका छन् । काँग्रेसको १४ औँ महाधिवेशनका क्रममा हुने जिल्ला अधिवेशनमा आफूले उम्मेदवारी दिने घोषणा गरेका हुन् । सो अवसरमा उनले पार्टीलाई एकीकृत गर्दै जिल्लामा काँग्रेसको सङ्गठन मजबुद बनाउन पार्टी सभापतिमा उम्मेदवारी घोषणा गर्न लागेको जानकारी दिए ।
काँग्रेस सङ्खुवासभाका पूर्व पार्टी सभापति जनक थापाले काँग्रेस सङ्खुवासभाको सङ्गठनलाई सबल र सक्षम बनाउन खड्काको उम्मेदवारी स्वभाविक भएको बताए । पूर्वसांसद पासाङ शेर्पाले सङ्खुवासभामा काँग्रेस नेतृत्व सर्वसम्मत बनाउन सके आगामी दिनमा हुने तीनै तहको निर्वाचन काँग्रेसले जित्नसक्ने उल्लेख गरे । पूर्वसांसद बीना पौडेलले काँग्रेस सङ्खुवासभाको सभापतिका अरु आकाङ्क्षीलाई मिलाएर अगाडि बढ्न सुझाव दिए ।
घोषणासभामा काँग्रेस महासमिति सदस्य महेश थपलिया, ज्ञानबहादुर कार्की, महाधिवेशन प्रतिनिधि दिपेन्द्रमान शाक्य, पूर्व महाधिवेशन प्रतिनिधि थलकुमार लिङ्खा, काँग्रेस जिल्ला कार्यसमिति सदस्य शेरबहादुर गुरुङ, आमन्त्रित जिल्ला कार्यसमिति सदस्य एवं वरिष्ठ पर्यटन व्यवसायी मिङ्मा शेर्पा, पर्यटन व्यवसायी नवीन त्रिताल, अधिवक्ता सेवक पोखरेल, विद्यार्थी नेता सन्दिप निरौला लगायतको उपस्थिति थियो ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार