
मोरङ । मोरङ व्यापार सङ्घले हाटखोलास्थित सिङ्घीया पुलको तत्काल मर्मत गर्न सरकारको विभिन्न निकायलाई आग्रह गरेको छ ।विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका जोड्ने रङ्गेली सडक खण्डमा अवस्थित सो पुल विगतका बाढीका कारण जीर्ण बनेको बताइएको छ । सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले उक्त पुल जर्जर अवस्थामा पुगेकाले समयमै मरमत गर्न सरकारका सम्बन्धित निकायलाई ध्यानाकर्षित गराएको छ ।
सो सडक खण्डमा मालबाहक र सार्वजनिक सवारीसाधनको आवागमनको चापसमेत दिनानुदिन बढ्दै गइरहेको जनाउँदै उनले उक्त पुलको जीर्ण अवस्थाका कारण दुर्घटना निम्तिन सक्ने जोखिमलाई मध्यनजर गरीे समयमै मरमत गर्न माग गरे।
उनले यसका लागि सङ्घीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री, प्रदेश नं १ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री, सडक विभागका महानिर्देशक र सडक डिभिजन विराटनगरका प्रमुखलाई पत्राचार समेत गरेकोे छ ।सङ्घले व्यावसायिक एवं व्यापारिक महत्व राख्ने पुलको समयमै सुधार एवं मर्मतभएमा यस प्रदेशकै आर्थिक क्रियाकलापमा वृद्धि हुने जनाएको छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार