
नेपाल सरकारले चलचित्र विकास बोर्ड मार्फत चलचित्रमा सह–लगानी गर्ने प्रक्रिया अगाडि बढाएको छ । गत बर्ष चलचित्र विकास बोर्डले यथार्थपरक, कलात्मक चलचित्र निर्माणका लागि प्रोत्साहन गर्ने भन्दै ‘स्टोरी बैंक’ स्थापना गरेको थियो । बोर्डको यो योजनालाई सरकारले आफ्नो बजेटमा समेत समावेश गरेको थियो ।
‘स्टोरी बैंक’मा दर्ता हुन आएका कथामध्ये केहीलाई छनोट गरेर चलचित्र विकास बोर्डले सह–लगानी गर्ने बताइएको छ । चलचित्र विकास बोर्डले अब कथा तथा पटकथाको आह्वान गरेको छ । विकास बोर्डले गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै ६० दिन भित्र कथा पेश गर्न आह्वान गरेको हो ।
सूचनामा मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक कथावस्तु, सामाजिक, सांकृतिक, सन्देशमुलक चलचित्र निर्माणमा प्रोत्साहन लागि उत्कृष्ट कथा, पटकथा छनोट गरेर सह–निर्माण गरिने उल्लेख गरिएको छ ।
स्टोरी बैंकमा कथा दर्ता गर्नका लागि कथा, पटकथा लेखक वा निर्माता नेपाली हुनुपर्ने, चलचित्रको कथा, पटकथामा चलचित्र निर्माण गरिसकेको हुनु नहुने, लघु चलचित्र वा कथानक चलचित्र हुनुपर्ने, चलचित्र निर्माण गर्न लेखकसँग संझौता भएको कथा, पटकथा लेखक र निर्माणपक्षविच संझौतापत्र पेश गर्नुपर्ने शर्त अगाडि सारिएको छ ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार