
काठमाडौं । यही असोज २१ गते ३३ नेपाली कलाकारले एकै स्थानमा प्रत्यक्ष कला प्रदर्शन गर्ने भएका छन् । म्युजियम अफ नेपाली आर्टले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै क्यान्सर रोग पीडित बालबालिकालाई सहयोग होस् भन्ने उद्देश्यले प्रदर्शन गर्न लागेको जानकारी दिएको हो ।
किरण मानन्धर, लोक चित्रकार, गोपाल कला प्रेमी, समुन्द्रमान सिंह, राजप्रकाश तुलाधरलगायत ३३ कलाकारले आधुनिक कला पस्कने छन् । आयोजक संस्थाका प्रमुख राजन शाक्यले नेपाललाई कला गन्तव्यका रूपमा पहिचान दिनु र अन्तर्राष्ट्रिय बजारमा नेपाली कलाको विशेषताबारे जानकारी दिनु पनि कार्यक्रमको उद्देश्य रहेको बताए ।
काठमाडौँ गेस्ट हाउस ठमेलमा एक दिन मात्र हुने उक्त प्रत्यक्ष कला प्रदर्शनीमा बनाइएका कलाकृतिलाई एउटा पुस्तिकाका रूपमा प्रकाशन गरिने पनि आयोजक संस्थाले पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।उक्त दिन दिउँसो १२ देखि साँझ ६ बजेसम्म रहने कार्यक्रममा कलाकारले तत्कालै चित्रहरु बनाउने र सोही चित्रहरु बिक्रीका लागि राखिने छ । सोही कला बिक्रीबाट प्राप्त रकमको ५० प्रतिशत कान्ति बाल अस्पतालमा क्यान्सरको उपचार गरिरहेका बालबालिकाको लागि सहयोग गर्ने जनाइएको छ ।
सोही दिन काठमाडौँ आर्ट हाउसको पनि उद्घाटन हुनेछ । उक्त हाउस नेपाली कलाकारका लागि सिर्जना प्रदर्शन र बिक्री गर्ने साझा थलोको रुपमा स्थापित हुने विश्वास छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार