
बलेवा । धौलागिरि अस्पताल बागलुङले एक महिनामा ९१ जटिल खालका शल्यक्रिया गरेको छ । साउनमा प्रसूति, हाडजोर्नी, नाक, कान, घाँटी, दाँत तथा बच्चाको शल्यक्रिया गरेको हो । धौलागिरि अस्पतालमा पहिलो पटक एकै महिनामा यति धेरै शल्यक्रिया भएका हुन् । यसअघि जटिल खालका शल्यक्रिया न्यून मात्रामा हुने गरेका थिए । यसअघिको तथ्याङ्क हेर्दा प्रसूतिका ३३ र अन्य जटिल खालका शल्यक्रिया तीन मात्रै एक महिनामा भएको तथ्याङ्क छ । अस्पतालको शल्यक्रिया कक्ष प्रमुख देवी भट्टराईले भनिन्, “विषेशज्ञ चिकित्सकको सक्रियता र उपकरणको उपलब्धताले यो सम्भव भएको हो ।” अस्पतालले हाडजोर्नी टुटेफुटेको समयमा राख्नुपर्ने पातासमेत साउनदेखि बागलुङबाटै राख्न सुरु गरेको उनले बताइन् ।
एक महिनामा प्रसूतिका लागि ४०, हाडजोर्नीको ४५, नाक, कान र घाँटीका चार, दाँतको एक र अन्य शल्यक्रिया एक भएको तथ्याङ्क छ । “सधैँ पोखरा पठाउनुपर्ने बिरामीले साउनमा यहीँ सेवा पाए, खर्चका हिसाबले पनि सस्तो भयो”, विषेशज्ञ चिकित्सक नवीन पौडेलले भने, “बाहिर जाँदा रु दुई÷तीन लाख खर्च हुने समस्याको यहाँ हामीले रु १०÷१२ हजारमा सफल शल्यक्रिया गरेका छौं ।”
पौडेलका अनुसार हाडजोर्नीको शल्यक्रिया गर्नुपूर्व परीक्षणका लागि आवश्यक पर्ने सिएम मेसिन अस्पतालमा आएपछि सबैखालका शल्यक्रिया सम्भव भएको हो । “यहाँ विशेषज्ञ डाक्टर छौंँ, उपकरण पनि भएकाले अव बिरामीले पोखरा जानु पर्दैन”, उनले भने, “अस्पतालमा गम्भीर प्रकृतिका शल्यक्रिया भइरहेका छन् ।”
आफ्नै तथ्याङ्कमा भारी वृद्धि भएपछि मङ्गलबार शल्यक्रिया कक्षका चिकित्सक तथा स्वास्थ्यकर्मीले केक काटेर उत्सव मनाएका छन् । बिरामीको सफल उपचार गरेर निको बनाएको खुसीयालीमा चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन उत्सव मनाएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार