गण्डकी । प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले पोखरामा पर्यटकको बसाइ लम्ब्याउन फेवाताल किनारमा पैदलमार्ग आवश्यक भएको बताएका छन् । अनदु गुरुङ समाजले पोखरा महानगरपालिका–२२ तालपारीस्थित अनदुमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले प्रत्येक पर्यटकको बसाइ अवधि लम्ब्याउन फेवातालको किनार क्षेत्रमा ‘फुट्याक’ निर्माण गर्न आवश्यक भएको बताएका हुन् ।
फेवातालबाट नजिक भएर पनि यहाँको माथिल्लो तथा तल्लो क्षेत्रका बासिन्दा अझै पनि विकासमा पछि परेकाले तालवरपरको विकाससँगै पर्यटकीय गतिविधि सञ्चालन हुनुपर्नेमा मन्त्री बरालले जोड दिए । ऐतिहासिक तथा पुरात्तात्विक वस्तु संरक्षण गर्न र आफ्नो थातथलो नछाड्न आग्रह गर्दै उनले भने, ‘सडक, गोरेटो बाटोलगायत पर्यटकीय पूर्वाधार निर्माणमा प्रदेश सरकारको प्राथमिकतामा रहनेछ ।’
वडाध्यक्ष मित्रलाल बरालले कोरोनाले गर्दा अनदु क्षेत्रमा बजेट व्यवस्थापन गर्न नसकिएको बताउँदै अबका दिन फेवातालको ३० देखि ३५ मिटरको मापदण्डकायम गर्न आग्रह गरे । माओवादी केन्द्र वडा इन्चार्ज त्रिभुवन पौडेल, वडाकमिटी अध्यक्ष नवराज बराल अनदु टोल विकास संस्थाका अध्यक्ष दीपेन्द्र गुरूङ, सदस्य मात्रिकाप्रसाद बरालले अनदुमा बाटो पहिलो आवश्यकताको विषय भएको सामूहिक धारणा व्यक्त गरेका थिए ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार