
बिल गेट्सको उमेर ६५ वर्ष पुग्यो ।
उनीसँग आफूले खर्च गर्न सक्नेभन्दा बढी पैसा छ । हामी भए दिनरात भोजभतेर गरेर संसार डुल्थ्यौं होला, साथीभाइ, आफन्त र परिवारलाई महङ्गा–महङ्गा उपहारहरु बाँड्थ्यौ होला । उनी यो मामिलामा भिन्न छन् ।
उनको यस्तो भोक छ कि, कठिन विषय सिक्नु र अध्ययनमा लागिरहनु उनका लागि एकदम रुचिकर काम हो । एकान्तमा बसेर हप्तौंसम्म पढिरहन सक्नु उनको खुबी हो । कुनै पनि विषय गहिरोसँग बुझ्न लागिपर्छन् उनी । उनको यस किसिमको कामलाई उनले चिन्तन साता भन्ने नाम दिएका छन् ।
उनी जहाँ जान्छन् झोलामा किताब र पढ्ने सामाग्री बोकेर जान्छन्, उनको सहयोगीले यसका लागि व्यवस्था मिलाइदिन्छन् । एउटा विषयमा अध्ययन गर्नुप-यो भने उनी एउटा मात्र किताबको भर पर्दैनन् बरु विभिन्न प्रतिवेदन, कम्तीमा पनि ४–५ वटा किताब र अन्य स्रोतहरुको उपयोग गर्छन् ।
विभिन्न जटिल समस्याहरुको समाधान निकाल्नु अपरिहार्य भएका कारण नै उनी निरन्तर सिक्न आतुर हुन्छन् । हामी पनि उनीजस्तै बन्ने हो भने तत्काल उत्तर पत्ता लगाउन पढ्ने चिन्तन हटाउनु जरुरी छ । र, गहिरो एवम् विस्तृत अध्ययन, अनुसन्धान र खोज गर्ने बानी विकास गर्नुपर्ने हुन्छ ।
उनी समस्या मात्र जान्न चाहँदैनन्, बरु यो चाहन्छन् कि समस्या किन र कसरी उत्पन्न भयो भन्ने कुराको गहिराइमा पुग्न सकौँ । उनी आफैं कलेज ‘ड्रपआउट’ हुन् । उनी आफू भर्ना नै नभएका कक्षामा बस्ने गर्दथे किनभने उनलाई ती कक्षामा सिक्ने रुचि जागेको थियो ।
उनले आफ्ना साथी र अनुयायीलाई हुने गरी वार्षिक रुपमा किताबको सिफारिस सूची प्रकाशन गर्ने गर्दछन् । यदि तपाईं किताब देख्नेवित्तिकै नाक खुम्च्याउनुहुन्छ भने महान ज्ञानको लागि आफ्नो मार्ग अप्ठेरो बनाउँदै हुनुहुन्छ ।
बिल गेट्सबाहेक एलन मस्क, स्टिभ जब्स, मार्क जुकर्वर्गजस्ता महान व्यक्तिहरुले पठनप्रेम बारे खुलेर बोलेका छन् । यदि उनीहरुजस्तै बन्न चाहनुहुन्छ भने, पहिलो र सबभन्दा सजिलो कदम भनेकै पठनप्रेम र पठन बानी नै हो ।
कुनै पनि मन लोभ्याउने किताब उठाउनूस् र पढ्न थाल्नूस् ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार