
बागमती । दशैँलगायत चाडपर्वका समयमा बजारमा हुने कालोबजारी र न्यून गुणस्तरका सामान बिक्री नियन्त्रण गर्न संयुक्त बजार अनुगमन समितिले बजार अनुगमन तीव्र पारेको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकरी बाबुराम अर्यालका नेतृत्वमा अनुगमन समितिले यही असोज ११ गतेबाट बजार अनुगमन थालेको थियो ।
समितिले हेटौंडा उपमहानगपालिकालगायत जिल्लाका अन्य गाउँपालिकाका ९५ खाद्यान्न तथा किराना पसल, होटल, रेष्टुराँ र औषधि पसलको अनुगमन गरेको जनाएको छ ।
ती मध्ये ५७ खाद्यान्न तथा किराना पसलको अनुगमन गर्दा खरिद बिल पेश नगरेको एक पसललाई रु १५ हजार जरिवाना गरेको बताइएको छ । अन्य पसललाई प्रष्टरूपमा देख्ने गरी मूल्यसूची राख्न साथै ग्राहकलाई बिल दिन र भीडभाड नगरी कोरोनाबाट सुरक्षित रहन मापदण्ड पालना गर्न सुझाव समितिले दिएको थियो ।
त्यसैगरी अनुगमनका क्रममा हेटौँडाको स्कुलरोडमा रहेको तीनवटा फैन्सी स्टोरलाई खाता आद्यवधिक नगरेको पाइएकाले रु २५ हजार जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकरी अर्यालले जानकारीदिनुभयो । समितिले दुई पसललाई जनही रु पाँच हजार र एउटा पसललाई रु १५ हजार जरिवाना गरिएको उनले बताए ।
यसअघि अनुगमन समितिले हेटौँडा–१० मा रहेको गुराँस पोलिक्लिनिक तथा साई फार्मेसीमा अनधिकृत व्यक्तिले औषधि बिक्री गरेकाले कारबाही गरेको थियो । सो समितिमा उपभोक्तावादी संस्थाका प्रतिनिधि र सञ्चारकर्मीको समेत सहभागिता थियो ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार